< 1 Ljetopisa 26 >

1 Vratarski su redovi bili: od Korahovaca: Korahov sin Mešelemja između Asafovih sinova;
द्वारपालहरूका विभाजन यसप्रकार थियोः कोरहीहरूबाट, कोरेका छोरा मेशेलेम्‍याह, जो आसापका छोरा थिए ।
2 a Mešelemjini sinovi: prvenac Zaharija, drugi Jediael, treći Zebadja, četvrti Jatniel;
मेशेलेम्‍याहका छोराहरूः जेठा जकरिया, माहिला येदीएल, साहिंला जबदियाह, काहिंला यत्‍नीएल,
3 peti Elam, šesti Johanan, sedmi Elijoenaj.
ठाइँला एलाम, अन्‍तरे येहोहानान, र कान्‍छा एल्‍यहोएनै थिए ।
4 Sinovi Obed-Edomovi: prvenac Šemaja, drugi Jozabad, treći Joah, četvrti Sakar, a peti Netanel,
ओबेद-एदोमका छोराहरू थिएः जेठा शमायाह, माहिला यहोजाबाद, साहिंला योआ, काहिंला साकार, ठाइँला नतनेल,
5 šesti Amiel, sedmi Jisakar, osmi Peuletaj, jer ga je blagoslovio Bog,
अन्‍तरे अम्‍मीएल, जन्‍तरे इस्‍साखार र कान्‍छा पुल्‍लतै, किनकि परमेश्‍वरले ओबेद एदोमलाई आशिष्‌ दिनुभएको थियो ।
6 a njegovu su se sinu Šemaji rodili sinovi koji su bili poglavari u porodici jer bijahu hrabri junaci.
तिनका छोरा शमायाहका छोराहरू जन्मे जसले आ-आफ्‍ना परिवारहरूमाथि शासन गरे । तिनीहरू धेरै क्षमता भएका मानिसहरू थिए ।
7 Šemajini su sinovi bili: Otni, Rafael, Obed, Elzabad sa svojom braćom, vrsnim ljudima, Elihu i Semakja.
शमायाहका छोराहरू ओत्‍नी, रपाएल, ओबेद, र एल्‍जाबाद थिए । तिनका आफन्तहरू एलीहू र समक्‍याह पनि धेरै क्षमता भएका मानिसहरू थिए ।
8 Svi su oni bili od Obed-Edomovih sinova, oni i njihovi sinovi i njihova braća, vrsni ljudi, sposobni za službu; bilo ih je šezdeset i dva od Obed-Edoma.
यी सबै ओबेद एदोमका सन्‍तानहरू थिए । तिनीहरू र तिनीहरूका छोराहरू र आफन्तहरू पवित्र पालमा काम गर्ने योग्‍यता भएका मानिसहरू थिए । ओबेद एदोमसँग सम्बन्धित मानिसहरूको सङ्‍ख्‍या ६२ जना थिए ।
9 Mešelemjinih sinova i braće, vrsnih ljudi, bilo je osamnaest.
मशेलेम्‍याहका छोराहरू र आफन्तहरू सबै योग्‍यता भएका मानिसहरू थिए । तिनीहरूको सबै सङ्‍ख्‍या १८ जना थिए ।
10 Hosini sinovi od Merarijevih sinova: poglavar Šimri, iako nije bio prvenac, njegov ga je otac postavio za poglavara;
मरारीका सन्‍तान होसाका छोराहरूः अगुवा शिम्री (तिनी जेठा नभए तापनि तिनका बाबुले तिनलाई अगुवा बनाए),
11 drugi Hilkija, treći Tebalija, četvrti Zaharija; Hosinih svih sinova i braće bilo je trinaest.
माहिला हिल्‍कियाह, साहिंला तबलियाह र कान्‍छा जकरिया थिए । होसाका सबै छोराहरू र दाजुभाइका जम्‍मा सङ्‍ख्‍या १३ जना थिए ।
12 Ovo su vratarski redovi. Glavari ovih junaka bili su, kao i njihova braća, čuvari u službi Jahvina Doma.
तिनीहरूका अगुवाहरूअनुसार द्वारपालका यी दलहरूले आफ्‍ना आफन्तहरूझैं परमप्रभुको मन्‍दिरको सेवा गर्नुपर्थ्यो ।
13 Bacali su ždrebove, najmanji kao i najveći, po obiteljima za svaka pojedina vrata.
तिनीहरू जवान र बूढ़ा दुवैले आ-आफ्‍ना घरानाअनुसार हरेक प्रवेशद्वारको निम्‍ति चिट्ठा हाले ।
14 Ždrijeb na istok pao je Šelemji; njegov sin Zaharija bio je mudar savjetnik. Kad su bacili ždrebove, dopao mu je ždrijeb na sjever,
जब पूर्व ढोकाको लागि चिट्ठा हालियो, तब त्‍यो शेलेम्‍याहको नाउँमा पर्‍यो । तब तिनका छोरा बुद्धिमान्‌ सल्‍लाहकार जकरियाको निम्ति तिनीहरूले चिट्ठा हाले, र उत्तर ढोकाको निम्‍ति तिनलाई चिट्ठा पर्‍यो ।
15 Obed-Edomu na jug; a njegovim sinovima na spremište;
ओबेद एदोमलाई दक्षिण ढोका दिइयो, र तिनका छोराहरूलाई ढुकुटीहरू दिइयो ।
16 Šufimu i Hosi na zapad Šaleketskim vratima, na putu koji vodi k usponu; straža je bila do straže.
शुप्‍पीम र होसालाई पश्‍चिम ढोका र माथिल्लो बाटोको शल्‍केत प्रवेशद्वार पर्‍यो । हरेक परिवारबाट रक्षकको व्यवस्था गरियो ।
17 S istoka šest levita, sa sjevera četiri na dan, s juga četiri na dan; a kod spremišta po dva.
पूर्वतिर छ जना लेवीहरू थिए, उत्तरतिर दिनमा चार जना, दक्षिणतिर दिनमा चार जना र ढुकुटीमा दुई जना पहरा बस्‍थे ।
18 Na hramskoj prigradnji, sa zapada, četiri na usponu, dva kod prigradnje.
पश्‍चिमको स्तम्भमा बाटोमा चार जना र स्तम्भमा दुई जनालाई खटाइएको थियो ।
19 To su vratarski redovi među Korahovim i Merarijevim sinovima.
द्वारपालका दलहरू यी नै थिए । तिनीहरू कोरह र मरारीका सन्‍तानहरूबाट भरिएको थियो ।
20 Leviti, njihova braća, bili su: Ahija nad blagom Božjega Doma i nad blagom posvećenih stvari.
लेवीहरूमध्येबाट अहीजा परमेश्‍वरको मन्‍दिरका भण्‍डारहरू र परमप्रभुका अर्पण गरिएका थोकहरूका भण्‍डारका जिम्मावाल थिए ।
21 Ladanovi sinovi, Geršonovci po Ladanu, poglavari obitelji Ladana Geršonovca, bili su Jehielovci.
लादानका सन्‍तानहरू, जो लादानबाट जन्‍मिएका गेर्शोनीहरू थिए र गेर्शोनी लादानका घरानाहरूका अगुवाहरू थिए, यहीएली र
22 Jehielovci Zetam i brat mu Joel bili su nadstojnici nad blagom Jahvina Doma.
यहीएलीका छोराहरू, र जेताम र तिनका भाइ योएल । तिनीहरू परमप्रभुको मन्‍दिरका भण्‍डारहरूका जिम्‍मावाल थिए ।
23 Od Amramovaca, Jisharovaca, Hebronovaca i Uzielovaca bili su:
अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएलका वंशहरूबाटः
24 Šebuel, sin Mojsijeva sina Geršoma, nadstojnik nad blagom.
मोशाका छोरा गेर्शोमका छोरा शूबाएल भण्‍डारहरूका सुपरिवेक्षक थिए ।
25 Njegova braća po Eliezeru: Rehabja, sin mu, njegov sin Izaija, njegov sin Joram, njegov sin Zikri, njegov sin Šelomit.
एलीएजरबाट तिनका आफन्तहरूमा तिनका छोरा रहब्‍याह, रहब्याहका छोरा यशयाह, यशयाहका छोरा योराम, योरामका छोरा जिक्री, जिक्रीका छोरा शलोमीत थिए ।
26 Taj je Šelomit sa svojom braćom bio odgovoran za sve blago od posvećenih stvari koje je posvetio kralj David s porodičnim poglavarima, s tisućnicima, stotnicima i vojnim zapovjednicima.
दाऊद राजा, परिवारका मुखियाहरू, हजार र सयका फौजका कमाण्‍डरहरू र सेनाका अरू कमाण्‍डरहरूले परमप्रभुका समर्पण गरेका थोकका भण्‍डारहरूका लागि सबै जिम्‍मा यी नै शलोमीत र तिनका आफन्तहरूलाई दिइएको थियो ।
27 Posvetili su dio ratnog plijena da se bolje ojača Jahvin Dom.
तिनीहरूले लडाइँमा लिएका लूटका मालहरू परमप्रभुको मन्‍दिरका मरम्‍मतको निम्‍ति छुट्याएका थिए ।
28 Što je god bio posvetio vidjelac Samuel, Kišev sin Šaul, Nerov sin Abner i Sarvijin sin Joab, sve posvećeno, bilo je pod nadzorom Šelomita i njegove braće.
अगमवक्ता शमूएल, कीशका छोरा शाऊल, नेरका छोरा अबनेर र सरूयाहका छोरा योआबले परमप्रभुको निम्‍ति छुट्याएका सबै थोक तिनीहरूका जिम्मामा थियो । छुट्याइएका अरू सबै थोकहरू शलोमीत र तिनका तिनीहरूका जिम्‍मामा थिए ।
29 Jisharovci Kenanija i njegovi sinovi bili su nad svjetovnim poslovima kao nadzornici i suci u Izraelu.
यिसहारीका सन्तानहरूबाट, कनन्‍याह र तिनका छोराहरूलाई इस्राएलको नागरिक मामलाहरूको जिम्मा दिइएको थियो । तिनीहरू अधिकारीहरू र न्यायकर्ताहरू थिए ।
30 Hebronovci Hašabja i njegova braća, tisuću i sedam stotina vrsnih ljudi, upravljali su Izraelom s ovu stranu Jordana na zapadu u svakom Jahvinu poslu i u kraljevskoj službi.
हेब्रोनका सन्तानहरूबाट, हशब्‍याह र तिनका दाजुभाइ १,७०० योग्‍य मानिसहरू परमप्रभु र राजाका कामका निरीक्षकहरू थिए । तिनीहरू यर्दन नदीका पश्‍चिमतिर थिए ।
31 Poglavar Hebronovaca bio je Jerija. Četrdesete godine Davidova kraljevanja potražili su obiteljska rodoslovlja Hebronovaca i našlo se među njima vrsnih ljudi u Gileadskom Jazeru.
हेब्रोनका सन्तानहरूबाट, यरियाहचाहिं तिनीहरूका परिवारहरूका सूचीबाट गनिएका सन्तानहरूका अगुवा थिए । दाऊदका शासनको चालीसौं वर्षमा हेब्रोनीहरूको वंशावलीमा खोजतलाश गरियो, र गिलादको याजेरमा तिनीहरूका योग्‍यका मानिसहरू भेट्टाइए ।
32 Njegove braće, vrsnih ljudi, bilo je dvije tisuće i sedam stotina porodičnih poglavara; kralj David postavio ih je nad Rubenovim i Gadovim plemenom i nad polovinom Manašeova plemena za sve Božje poslove i za kraljevske poslove.
यरियाहका २,७०० आफन्तहरू थिए, जो परिवारका योग्य अगुवाहरू थिए । यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्‍शेका आधा कुलमाथि परमेश्‍वरसम्‍बन्‍धी हरेक कुरा र राज्‍य-शासनका कामको हेरविचार गर्नेहरू बनाए ।

< 1 Ljetopisa 26 >