< 1 Samuelova 26 >

1 Ljudi iz Zifa dođoše Šaulu i javiše mu: “David se krije na Hakilskom brdu, nasuprot Ješimonu.”
जीपीहरू गिबामा शाऊलकहाँ आए र भने, “के दाऊद यशीमोन सामुन्‍नेको हकीलाहको पहाडमा लुकिरहेका छैनन्?”
2 Šaul tada krenu na put i siđe u pustinju Zif, a s njim tri tisuće izabranih Izraelaca, da traži Davida u pustinji Zifu.
तब शाऊल उठे र इस्राएलका चुनिएका तिन हजार मानिसलाई आफूसित लिएर जीपको उजाड-स्‍थानमा दाऊदलाई खोज्न तल गए ।
3 Šaul se utabori podno Hakilskog brda, koje je nasuprot Ješimonu, kraj puta. David, koji je boravio u pustinji, opazi da je Šaul došao onamo da ga progoni.
शाऊलले हकीलाहको पहाडमा छाउनी हाले, जुन यशीमोनको अगाडीतिर बाटोको छेउमा छ । तर दाऊदचाहिं उजाड-स्‍थानमा बसिरहेका थिए र शाऊल तिनको पछिपछि उजाड-स्‍थानमा आएको तिनले देखे ।
4 Zato David posla uhode i sazna da je Šaul zaista došao.
त्यसैले शाऊल साँच्‍चै नै आएका थिए भनी थाहा पाउनलाई दाऊदले गुप्‍तचरहरू पठाए ।
5 David se podiže i dođe do mjesta gdje se Šaul bio utaborio. Tu David ugleda mjesto gdje su spavali Šaul i Abner, sin Nerov, njegov vojvoda: Šaul je spavao usred tabora, a vojska ležala u krugu oko njega.
दाऊद उठे र शाऊलले छाउनी हालेको ठाउँमा गए । शाऊल र तिनका फौजका सेनापति नेरका छोरा अबनेर कहाँ सुतेका ठाउँ देखे । शाऊल छाउनीमा सुते र मानिसहरूले तिनका वरिपरि छाउनी हालेका थिए र सबै मस्‍त निद्रामा थिए ।
6 David se obrati Hetitu Ahimeleku i Abišaju, sinu Sarvijinu a bratu Joabovu, i reče im: “Tko će sa mnom u tabor sve do Šaula?” A Abišaj odgovori: “Ja ću s tobom.”
तब दाऊदले हित्ती अहीमेलेक, योआबका भाइ सरूयाहका छोरा अबीशैलाई भने, “शाऊलको छाउनीमा तल मसँग को जानेछ?” अबीशैले भने, “म! म तपाईंसँग जानेछु ।”
7 I tako David i Abišaj dopriješe noću do vojske: i gle, Šaul ležaše i spavaše u taboru, a koplje mu kod uzglavlja zabodeno u zemlju. Abner i vojnici ležahu oko njega.
त्यसैले दाऊद र अबीशै राती फौज भएको ठाउँतिर गए । शाऊल आफ्नो भाला आफ्नो शिर नजिकै भूइँमा गाडेर छाउनीभित्र सुतिरहेका थिए । अबनेर र तिनका सिपाहीहरू तिनको वरिपरि सुतेका थिए ।
8 Tada Abišaj reče Davidu: “Danas ti je Bog predao tvoga neprijatelja u tvoje ruke; zato sada dopusti da ga njegovim vlastitim kopljem pribodem za zemlju, jednim jedinim udarcem, drugoga mi neće trebati.”
अबीशैले दाऊदलाई भने, “परमेश्‍वरले आज तपाईंको शत्रुलाई तपाइईंको हातमा दिनुभएको छ । कृपया, तिनलाई एकै प्रहारमा भालाले भूइँमा रोप्‍न मलाई दिनुहोस् । म तिनलाई दोस्रो पटक प्रहार गर्दिनँ ।”
9 Ali David odgovori Abišaju: “Nemoj ga ubijati! Jer tko će dignuti ruku svoju na Jahvina pomazanika i ostati nekažnjen?”
दाऊदले अबीशैलाई भने, “तिनलाई नाश नगर । किनकि परमप्रभुको अभिषिक्‍त जनमाथि हात उठाएर कोचाहिं दोषरहित हुन सक्छ?”
10 Još nastavi David: “Živoga mi Jahve, i udarit će ga Jahve, bilo da će mu doći njegov dan da umre, bilo da će otići u boj i poginuti.
दाऊदले भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, परमप्रभुले नै तिनलाई मार्नुहुनेछ वा मर्नलाई तिनको दिन आउनेछ वा तिनी युद्धमा जानेछन् र नाश हुनेछन् ।
11 Ne dao mi Jahve da dignem ruku na pomazanika Jahvina! Nego uzmi sada koplje što mu je kod uzglavlja i vrč za vodu, pa hajdemo!”
परमप्रभुको अभिषिक्‍त जनामाथि मैले आफ्‍नो हात उठाउने कुरा उहाँले दूर गर्नुभएको होस् । तर अब म तिमीलाई अनुरोध गर्छु, तिनको शिरमा भएको भाला र पानीको सुराही लेऊ र हामी जाऔं ।”
12 I uze David koplje i vrč za vodu što su bili kod Šaulova uzglavlja i oni odoše: nitko nije ništa vidio ni opazio, nitko se nije probudio, nego su svi spavali jer bijaše na njih pao dubok san od Jahve.
त्यसैले दाऊदले भाला र पानीको सुराही शाऊलको शिरनेरबाट लिए र तिनीहरू गए । तिनीहरूलाई कसैले देखेन वा यो कसैले थाहा पाएन, न त कोही ब्युँझिए, किनकि तिनीहरू सबै मस्‍त निदाएका थिए, किनकि परमप्रभुबाट आएको गहिरो निद्रा तिनीहरूमाथि परेको थियो ।
13 David prijeđe na drugu stranu i stade na vrh gore u nekoj daljini, tako da je među njima bio velik prostor.
तब दाऊद पारिपट्टि गए र टाढा पहाडको टाकुरमा खडा भए । तिनीहरू बिच लामो दूरी थियो ।
14 Tada viknu vojsci i Abneru, Nerovu sinu, ovako: “Zar se nećeš odazvati, Abnere?” A Abner se odazva i upita: “Tko si ti što uznemiruješ kralja?”
दाऊदले मानिसहरू र नेरका छोरा अबनेरलाई कराए । तिनले भने, “ए अबनेर के तिमीले जवाफ दिंदैनौ?” तब अबनेरले जवाफ दिए र भने, “राजामाथि कराउने तिमी को हौ?”
15 A David odgovori Abneru: “Nisi li ti junak? I tko ti je ravan u Izraelu? Pa zašto onda nisi čuvao kralja, svoga gospodara? Jedan je od ratnika sišao do vas da ubije kralja, tvoga gospodara.
दाऊदले अबनेरलाई भने, “के तिमी साहसी मानिस होइनौ? इस्राएलमा तिमी जस्तो को छ? तिमीले आफ्नो मालिक राजाको किन हेरचाह गरेनौ? किनकि तिम्रो मालिक राजालाई मार्न कोही आयो ।
16 Nije lijepo to što si učinio. Tako mi živog Jahve, zaslužili ste smrt što niste čuvali svoga gospodara, pomazanika Jahvina. Pogledaj sada gdje je kraljevo koplje i gdje je vrč za vodu što mu bijaše do uzglavlja!”
तिमीले गरेको यो कुरा ठीक छैन । जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, तिमी मर्न योग्‍यका छौ किनभने तिमीले परमप्रभुका अभिषिक्‍त जन तिम्रो मालिकको हेरचाह गरेका छैनौ । राजाको शिरनेर भएको भाला र पानीको सुराही कहाँ छ, हेर!”
17 Tada Šaul poznade Davidov glas i upita: “Je li to tvoj glas, sine Davide?” A David odgovori: “Jest, kralju gospodaru!”
शाऊलले दाऊदको सोर चिने र भने, “ए मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?” दाऊदले भने, “हो मेरो मालिक, राजा, यो मेरो सोर हो ।”
18 I nastavi: “Zašto moj gospodar progoni svoga slugu? Što sam učinio? Kakva je krivica u mojoj ruci?
तिनले भने, “मेरो मालिकले आफ्नो दासको किन खेदो गर्नुहुन्छ? मैले के गरेको छु? मेरो हातमा के खराबी छ?
19 Zato neka se sada moj gospodar i kralj udostoji poslušati riječi svoga sluge: ako te Jahve diže protiv mene, neka se prinosnicom ublaži; ako li to čine sinovi ljudski, neka su prokleti pred Jahvom jer su me izagnali, tako da ne mogu imati udjela u baštini Jahvinoj, kao da su mi govorili: 'Idi, služi tuđim bogovima!'
यसकारण अब, म तपाईंलाई बिन्ती गर्छु, मेरो मालिक राजाले आफ्नो दासको कुरा सुन्‍नुहोस् । परमप्रभुले नै तपाईंलाई मेरो विरुद्धमा उक्साउनुभएको हो भने, उहाँले बलिदान ग्रहण गर्नुभएको होस् । तर यो मानवजाति हो भने, तिनीहरू परमप्रभुको सामु श्रापित होऊन्, किनकि तिनीहरूले मलाई आज बाहिर धपाएका छन्, ताकि म परमप्रभुको उत्तराधिकारमा रहन नसकौं । तिनीहरूले मलाई भनेका छन्, 'अरू देवताहरूको पुजा गर्न जाऊ ।'
20 Zato neka ne padne moja krv na zemlju daleko od Jahvina lica. Jer kralj je Izraelov izišao u lov na moj život, kao kad tko goni jarebicu po planini.”
यसकारण अभ, मेरो रगत परमप्रभुको उपस्थितिबाट टाढा पृथ्वीमा नबगोस् । किनभने इस्राएलका राजा शिकारीले तित्रालाई पहाडहरूमा खेदेझैं एउटा उपियाँलाई खोज्‍न निस्केर आएका छन् ।”
21 Tada Šaul reče: “Zgriješio sam! Vrati mi se, sine Davide, neću ti više činiti zla, kad je danas moj život u očima tvojim bio tako drag. Jest, ludo sam radio i teško sam pogriješio!”
तब शाऊलले भने, “मैले पाप गरेको छु । ए मेरा छोरा दाऊद फर्क । किनकि अब तिम्रो हानि गर्नेछैन, किनभने तिम्रो दृष्‍टिमा मेरो जीवन बहुमूल्य थियो । हेर, मैले मूर्खता गरेको छु र धेरै ठुलो गल्ती गरेको छु ।”
22 A David odgovori: “Evo kraljeva koplja, neka dođe jedan od momaka i neka ga uzme!
दाऊदले जवाफ दिए र भने, “हेर्नुहोस्, हे राजा, तपाईंको भाला यहाँ छ! जवान मानिसमध्ये एक जना यता आओस् र यसलाई तपाईंकहाँ लैजाओस् ।
23 A Jahve će vratiti svakome po njegovoj pravdi i po njegovoj vjernosti: danas te Jahve bijaše predao u moje ruke, ali nisam htio dići ruke svoje na pomazanika Jahvina.
हरेक मानिसलाई आफ्‍नो धार्मिकता र विश्‍वस्‍तताको निम्ति परमप्रभुले नै इनाम दिनुभएको होस् । किनभने परमप्रभुले तपाईंलाई आज मेरो हातमा दिनुभयो, तर मैले उहाँको अभिषिक्‍त जनलाई प्रहार गरिनँ ।
24 I gle, kako je danas tvoj život bio drag u mojim očima, tako neka moj život bude drag u Jahvinim očima! I neka me Jahve izbavi iz svake nevolje!”
हेर्नुहोस्, आज मेरो दृष्‍टिमा जसरी तपाईंको जीवन बहुमूल्य थियो, त्यसरी नै मेरो जीवन परमप्रभुको दृष्‍टिमा धेरै मूल्यवान होस् र उहाँले नै मलाई मेरा सबै कष्‍टहरूबाट छुटकारा दिनुभएको होस् ।
25 A Šaul doviknu Davidu: “Budi mi blagoslovljen, sine Davide! Zacijelo ćeš izvršiti svoje djelo i uspjet ćeš!” Potom David ode svojim putem, a Šaul se vrati svojoj kući.
तब शाऊलले दाऊदलाई भने, “ए मेरा छोरा दाऊद, तिमीलाई आशिष् मिलोस्! तिमीले निश्‍चय नै ठुला कुराहरू गर्नेछौ र तिनमा तिमी सफल हुनेछौ ।” त्यसैले दाऊद आफ्नो बाटो लागे र शाऊल आफ्नै ठाउँतिर फर्के ।

< 1 Samuelova 26 >