< Jeremija 15 >

1 I reče mi Jahve: “Kad bi i Mojsije i Samuel stali pred lice moje, ne bi mi se duša obratila narodu tome. Otjeraj ih ispred lice mojega, neka idu od mene!
तब परमप्रभुले मलाई भन्‍नुभयो, “मोशा र शमूएल मेरो सामु खडा भए तापनि म यी मानिसका पक्षमा खडा हुन्‍नँ । तिनीहरूलाई टाढा जानलाई मेरो सामुबाट तिनीहरूलाई हटाइदे ।
2 Ako te upitaju: 'Kamo da idemo?' odgovori im: 'Ovako govori Jahve: Tko je za smrt, u smrt! Tko je za mač, pod mač! Tko je za glad, u glad! Tko je za izgnanstvo, u izgnanstvo!'
यस्‍तो हुनेछ, तिनीहरूले तँलाई यसो भन्‍नेछन्, 'हामी कहाँ जाने?' तब तैंले तिनीहरूलाई भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मृत्युको निम्ति साँचिएकाहरू मृत्युमा जानुपर्छ । तरवारको निम्ति साँचिएकाहरू तरवारमा जानुपर्छ । अनिकालको निम्ति साँचिएकाहरू अनिकालमा जानुपर्छ, र निर्वासनको निम्ति साँचिएकाहरू निर्वासनमा जानुपर्छ ।'
3 Poslat ću na njih četiri nevolje - riječ je Jahvina: mač da ih ubija, pse da ih rastrgaju, ptice nebeske i zvjerad da ih žderu i zatiru.
म तिनीहरूलाई चारवटा समूहमा विभाजन गर्नेछु, यो परमप्रभुको घोषणा हो— केहीलाई मार्न तरवारलाई, केहीलाई घिसार्न कुकुरहरूलाई, केहीलाई स्वाहा पार्न र नष्‍ट पार्नलाई आकाशका चराहरू र जमिनका पशुहरूलाई ।
4 I učinit ću ih užasom svim kraljevstvima zemaljskim, i to zbog Manašea, sina Ezekijina, kralja judejskoga - za sva zla što ih počini u Jeruzalemu.”
यहूदाका राजा हिजकियाहका छोरा मनश्शेले यरूशलेममा जे गरेका थिए, त्यसैको कारणले म तिनीहरूलाई पृथ्वीका सबै राज्यका लागि एक डरलाग्दो कुरो तुल्याउनेछु ।
5 “Tko da se smiluje tebi, Jeruzaleme, tko da te požali? Tko li će se svratit' da te zapita kako ti je?
ए यरूशलेम, तँलाई कसले दया देखाउने छ? तेरो निम्ति कसले शोक गर्नेछ?
6 Ti me odbaci - riječ je Jahvina - i leđa mi okrenu. I zato na te digoh ruku zatornicu. Dojadi mi da ti uvijek praštam!
तैंले मलाई त्यागेको छस्, यो परमप्रभुको घोषणा हो— तँ मबाट फर्केर गएको छस् । त्यसैले म आफ्‍नो हातले तँलाई प्रहार गर्नेछु र तलाई नाश पार्नेछु । तँलाई दया देखाउँदा-देखाउँदा म थकित भइसकेको छु ।
7 Zato ću ih izvijati vijačom na vratima zemlje ove. Narod svoj ću lišit' djece i istrijebit' ga, jer se ne obraćaju sa svojih putova.
त्यसैल म तिनीहरूलाई देशका मूल ढोकाहरूमा नाङ्लोले निफन्‍नेछु । म तिनीहरूलाई शोकमा पार्नेछु । मेरा मानिसहरू आफ्ना मार्गबाट नफर्कने भएकाले म तिनीहरूलाई नष्‍ट पार्नेछु ।
8 Bit će u njih više udovica negoli pijeska morskoga. Na majke mladih ratnika dovest ću zatornika, usred podneva, i pustit ću na njih iznenada užas i strahotu.
म तिनीहरूका विधवाहरूको सङ्ख्या समुद्रतटको बालुवाभन्दा धेरै बनाउनेछु । युवाहरूका आमाहरूको विरुद्धमा म दिउँसै विनाशक पठाउनेछु । शोक र त्रासलाई तिनीहरूमा अकस्मात् आउने म बनाउनेछु ।
9 Onesvijestila se roditeljka sedmero djece, dušu ispustila. Sunce joj zađe još za dana: postiđena, osramoćena je. A što od njih ostane, pod mač ću vrći pred njihovim dušmanima” - riječ je Jahvina.
सात जना सन्तान जन्माउने आमा उजाड हुनेछे । त्‍यसले उफ् उफ् गर्नेछे । दिन छँदै त्यसको घाम अस्ताउनेछ । त्यो लज्‍जित र अपमानित हुनेछे, किनकि बाँकी रहेकाहरूलाई म तिनीहरूका शत्रुहरूको उपस्थितिमा तरवारलाई दिनेछु, यो परमप्रभुको घोषणा हो ।”
10 Jao meni, majko, što si me rodila, da svađam se i prepirem sa svom zemljom. Nikom ne uzajmih, ni od koga zajma ne uzeh, a ipak svi me proklinju.
हे मेरी आमा, मलाई धिक्‍कार छ! किनकि तपाईंले मलाई जन्म दिनुभयो, म जो देशैभरि तर्क र विवादको मानिस हुँ । मैले ऋण दिएको छैनँ, न कसैले मलाई ऋण दिएको छ, तर तिनीहरू सबैले मलाई श्राप दिन्छन् ।
11 Uistinu, o Jahve, nisam li ti služio za njihovo dobro, nisam li tražio milost u tebe za neprijatelja svoga, u doba nevolje, u danima tjeskobe njegove? Ti to dobro znaš!
परमप्रभुले भन्‍नुभयो, “के म भलाइको लागि तँलाई छुटानेछैनँ र? निश्‍चय नै सङ्कष्‍ट र विपत्तिको समयमा म तेरा शत्रुहरूलाई मदतको निम्ति तँसित बिन्ती गर्न लगाउनेछु ।
12 Može l' se željezo slomiti, željezo sa Sjevera i mjed?
के कसैले फलामलाई टुक्रा-टुक्रा पार्न सक्छ? खास गरी, उत्तरबाट आउने काँसा मिसिएको फलामलाई?
13 Tvoje bogatstvo i blago tvoje pljački ću predati. Tako ćeš platiti za sva bezakonja svoja po svoj zemlji.
म तेरा शत्रुहरूलाई तेरा धन-सम्पत्ति र खजाना सित्तैंमा लुटको मालको रूपमा दिनेछु । तेरा सबै सिमानभित्र गरिएका तेरा सबै पापको कारणले म यसो गर्नेछु ।
14 Učinit ću te robljem neprijatelja u zemlji koju ne poznaješ, jer gnjev moj planu ognjem koji će vas sažgati, koji će protiv vas buknuti.
त्यसपछि तैंले नचिन्‍ने देशमा म तँलाई तेरा शत्रुहरूको सेवा गर्न लगाउनेछु, किनकि तेरो विरुद्धमा मेरो रिसमा आगो दन्कने छ ।”
15 Jahve, spomeni me se i pohodi me i kazni progonitelje moje. Ne daj da propadnem zbog sporosti srdžbe tvoje! Spomeni se da tebe radi podnosim sramotu.
हे परमप्रभु, तपाईं जान्‍नुहुन्छ । मलाई सम्झनुहोस्, र सहायता गर्नुहोस् । मलाई सतावट गर्नेहरूको विरुद्धमा मेरो पक्षमा बदला लिनुहोस् । तपाईं धैर्यवान् हुनुहुन्छ, तर मलाई टाढा लाने अनुमति तिनीहरूलाई नदिनुहोस् । तपाईंको निम्‍ति मैले निन्दा भोग्छु भनी जान्‍नुहोस् ।
16 Kad mi dođoše riječi tvoje, ja sam ih gutao: riječi tvoje ushitiše i obradovaše srce moje. Jer sam se tvojim zvao imenom, o Jahve, Bože nad Vojskama.
तपाईंका वचनहरू भेट्टाइएका छन्, र मैले ती खाएँ । तपाईंका वचनहरू मेरो लागि रमाहट बने, र मेरो हृदयको आनन्द बने, किनकि हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर म तपाईंको नाउँ लिन्‍छु ।
17 Nikad sjedio nisam u društvu veseljaka da se razveselim. Pod težinom ruke tvoje samotan živim, jer ti me jarošću prože.
म उत्सव मनाउने वा रमाहट गर्नेहरूका बिचमा बसिनँ । तपाईंको शक्तिशाली हातको कारणले म एकान्तमा बसेँ, किनकि तपाईंले मलाई क्रोधले भर्नुभयो ।
18 Zašto je bol moja bez prebola? Zašto je rana moja neiscjeljiva i nikako da zaraste? Ah! Hoćeš li meni biti kao potok nestalan, vodama nepouzdan?
किन मेरो पिडा निरन्‍तर छ, र मेरो चोट निको हुन नमान्‍ने, निको नहुने भएको छ? के तपाईं मेरो लागि झुक्‍किने खोला, सुकेर जाने खोलाजस्तो बन्‍नुहुने छ र?
19 Zato ovako govori Jahve: “Ako se vratiš, pustit ću te da mi opet služiš; ako odvojiš dragocjeno od bezvrijedna, bit ćeš usta moja. Oni će se okrenuti k tebi, al' ti se zato ne smiješ okrenuti k njima!
त्यसकारण परमप्रभुले यसो भन्‍नुभयो, “ए यर्मिया, तैंले पश्‍चात्ताप गरिस् भने म तँलाई पुनर्स्थापित गर्नेछु, र तँ मेरो सामु खडा हुनेछस् र मेरो सेवा गर्नेछस् । किनकि तैंले मूर्ख थोकहरूलाई मुल्यवान् थोकहरूबाट अलग गरिस् भने तँ मेरो मुखजस्तै हुनेछस् । मानिसहरू तँकहाँ फर्केर आउने छन्, तर तँ आफै भने तिनीहरूकहाँ जानुहुँदैन ।
20 Učinit ću od tebe za ovaj narod zid od mjedi, neosvojiv. Borit će se protiv tebe, al' te neće nadvladati, jer ja sam s tobom, da te spasim i izbavim” - riječ je Jahvina.
यी मानिसको निम्ति म तँलाई छेड्नै नसकिने काँसाको पर्खालजस्तै बनाउनेछु, र तिनीहरूले तेरो विरुद्धमा युद्ध छेड्नेछन् । तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन्, किनकि तँलाई बचाउन र छुटकारा दिन म तँसितै हुन्‍छु, यो परमप्रभुको घोषणा हो ।
21 “Izbavit ću te iz ruku zlikovaca i otkupiti te iz ruku silnika.”
किनकि म तँलाई दुष्‍टहरूको हातबाट बचाउनेछु, र निर्दयीको हातबाट छुटकारा दिनेछु ।”

< Jeremija 15 >