< Brojevi 21 >

1 Kralj Arada, Kanaanac koji je živio u Negebu, ču da Izrael dolazi Atarimskim putem, pa navali na Izraela i neke njegove zarobi.
जब नेगेवमा बस्‍ने आरादका कनानी राजाले इस्राएल अटारीमको बाटो भएर यात्रा गरिरहेको थियो भन्‍ने सुने, तिनले इस्राएलसँग लडाइँ लडे र केहीलाई बन्दी बनाए ।
2 Tada se Izrael ovako zavjetova Jahvi: “Ako u moje ruke izručiš ovaj narod, potpuno ću uništiti njegove gradove.”
इस्राएलले परमप्रभुसँग भाकल गरेर भने, “यदि तपाईंले हामीलाई यी मानिसहरूमाथि वजय दिनुभयो भने, हामी तिनीहरूका सहरहरूलाई पूर्ण रूपमा नष्‍ट पार्ने छौँ ।”
3 Jahve usliša glas Izraela i predade mu Kanaance. A Izrael njih i njihove gradove 'heremom' uništi. Stoga se ono mjesto prozva Horma.
परमप्रभुले इस्राएलको आवाज सुन्‍नुभयो र उहाँले कनानीहरूमाथि विजय दिनुभयो ।
4 Od brda Hora zapute se prema Crvenom moru da zaobiđu zemlju edomsku. Narod putem postane nestrpljiv.
तिनीहरूले तिनीहरूलाई र तिनीहरूका सहरलाई पूर्ण रूपमा नष्‍ट गरे । त्यस ठाउँको नाउँ होर्मा राखियो । तिनीहरूले एदोमको भूमिलाई फेरो मारेर नर्कटको समुद्रको बाटो हुँदै होर पर्वतबाट गए । बाटोमा मानिसहरू अति निरुत्साहित भए ।
5 I počne govoriti i protiv Boga i protiv Mojsija: “Zašto nas izvedoste iz Egipta da pomremo u ovoj pustinji? Nema kruha, nema vode, a to bijedno jelo već se ogadilo dušama našim.”
मानिसहरू परमेश्‍वर र मोशा विरुद्ध बोले, “मरुभूमिमा मर्न तपाईंले हामीलाई मिश्रबाट किन ल्याउनुभयो? यहाँ रोटी छैन, पानी पनि छैन अनि यो घृणास्पद खाना हामी घृणा गर्छौं ।”
6 Onda Jahve pošalje na narod ljute zmije; ujedale ih one, tako te pomrije mnogo naroda u Izraelu.
परमप्रभुले मानिसहरू माझ विषालु सर्पहरू पठाइदिनुभयो । सर्पहरूले मानिसहरूलाई डसे, र धेरै मानिसहरू मरे ।
7 Dođe narod k Mojsiju pa reče: “Sagriješili samo kad smo govorili protiv Jahve i protiv tebe. Pomoli se Jahvi da ukloni zmije od nas!” Mojsije se pomoli za narod,
मानिसहरू मोशाकहाँ आएर भने, “हामीले पाप गरेका छौँ, किनभने हामीले परमप्रभु र तपाईंको विरुद्ध बोलेका छौँ । सर्पहरूलाई हामीबाट हटाउनलाई उहाँसँग बिन्ती गर्नुहोस् ।” यसैले मोशाले मानिसहरूका निम्ति प्रार्थना गरे ।
8 i Jahve reče Mojsiju: “Napravi otrovnicu i stavi je na stup: tko god bude ujeden, ostat će na životu ako je pogleda.”
परमप्रभुले मोशालाई भन्‍नुभयो, “एउटा सर्प बना र यसलाई खामामा झुण्ड्या । सर्पले डसेकाहरू ज-जसले यसलाई हेर्छन् तिनीहरू सबै बाँच्ने छन् ।”
9 Mojsije napravi zmiju od mjedi i postavi je na stup. Kad bi koga ujela ljutica, pogledao bi u mjedenu zmiju i ozdravio.
यसैले मोशाले काँसाको एउटा सर्प बनाए र त्यसलाई खामामा झुण्ड्याए । जब सर्पले कसैलाई डस्थ्यो, त्यसले काँसाको सर्पमा हरेमा त्यो बाँच्थ्यो ।
10 Pođu Izraelci i utabore se u Obotu.
त्यसपछि मानिसहरूले यात्रा गरे र ओबोतमा छाउनी लगाए ।
11 Potom se zapute iz Obota i utabore se kraj Ije-Abarima, u pustinji što je nasuprot Moabu, sa strane sunčeva izlaska.
तिनीहरू ओबोतबाट गए र मोआबको पूर्वतिर पर्ने इये-अबारीमको मरुभूमिमा छाउनी लगाए ।
12 Odande otputuju te se utabore u dolini Zaredu.
तिनीहरू त्यहाँबाट यात्रा गरे र जेरेदको बेँसीमा छाउनी लगाए ।
13 Odande krenu i utabore se s onu stranu Arnona, koji je u pustinji a izvire u području Amorejaca. Jer je Arnon granica moapska između Moabaca i Amorejaca.
तिनीहरूले त्यहाँबाट यात्रा गरे र अर्नोन खोलाको पारिपट्टि छाउनी लगाए, जुन मरुभूमिमा छ र एमोरीहरूको सिमानसम्म नै फैलिएको छ । अर्नोन खोलाले मोआब र एमोरीहरूबिच सिमानाको काम गर्छ ।
14 Zato se veli u “Knjizi Jahvinih vojni”: “Vaheb kod Sufe i doline arnonske
त्यसैले परमप्रभुको युद्धको पुस्तकमा यस्तो लेखिएको छ, “सूपाको वाहेब र अर्ननोनका बेँसीहरू,
15 i padine doline što se naginje prema mjestu Aru i naslanja se na granicu moapsku ...”
बेँसीका ओह्रालाहरू, जो आरको सहरतिर लाग्छन् र मोआबको सिमानसम्म पुग्छन् ।”
16 Odande odoše u Beer. To je bunar o kojem je Jahve rekao Mojsiju: “Skupi narod da im dam vode!”
तिनीहरूले त्यहाँबाट बेओरसम्म यात्रा गरे । त्यो इनारमा परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूलाई भेला गर् र म तिनीहरूलाई पानी दिन्छु ।”
17 Tada Izrael zapjeva ovu pjesmu: “Proključaj, studenče! A vi ga uznosite:
त्यसपछि इस्राएलले यो गीत गायो, “इनारको मूल फुटेर निस्क्यो! यसको गीत गाओ,
18 knezovi ga iskopali, prvaci narodni izdubli žezlom, štapom svojim.” Iz pustinje odu u Matanu,
हाम्रा अगुवाहरूले खनेका इनारबारे मानिसहरूका भारदारहरूले खनेका इनार, राजदण्ड र लहुराले खनेका इनार ।”
19 iz Matane u Nahaliel, a iz Nahaliela u Bamot;
अनि तिनीहरू मरुभूमिबाट मत्तानातिर यात्रा गरे । मत्तानाबाट तिनीहरूले नहलीएलतिर यात्रा गरे र नहलीएलबाट बमोततिर,
20 iz Bamota u dolinu što se stere u moapskom polju, prema vrhuncu Pisge, s koje se pruža vidik na pustaru.
र बमोतबाट मोआबको मैदानको बेसीँतिर यात्रा गरे । त्यहाँबाट नै पिसगा पर्वतको चुचुरोको फेदीमा मरुभूमी देखिन्छ ।
21 Sad Izrael posla glasnike Sihonu, amorejskome kralju, s porukom:
त्यसपछि इस्राएलले एमोरी राजा सीहोनकहाँ यसो भन्‍दै समाचावाहक पठाए,
22 “Pusti da prođem preko tvoje zemlje. Nećemo zalaziti u polja i u vinograde, niti ćemo piti vode iz bunara. Ići ćemo Kraljevskim putem dok ne prođemo tvoje područje.”
“हामीलाई तपाईंको मुलुक भएर जान दिनुहोस् । हामी खेत वा दाखबारी कतै पस्‍ने छैनौँ । हामी तपाईंका इनाहरूबाट पानी पिउने छैनौँ । हामी तपाईंको सिमाना पार नगरेसम्म राजमार्ग भएर मात्र यात्रा गर्छौं ।”
23 Ali Sihon ne dopusti Izraelu da prođe njegovim područjem, nego skupi sav svoj narod te izađe u pustinju da presretne Izraelce. Stigavši do Jahze, zavojuje na Izraela.
तर राजा सीहोनले तिनीहरूको सिमाना भएर जान इस्राएललाई अनुमति दिएनन् । बरु, सीहोनले तिनका सबै फौज जम्मा गरे र इस्राएललाई मरुभूमिमा आक्रमण गरे । तिनी यहाँसम्म आए, जहाँ तिनले इस्राएलसँग युद्ध गरे ।
24 Ali ga Izrael potuče oštrim mačem i osvoji njegovu zemlju od Arnona do Jaboka, do Amonaca, jer je Az ležao na granici Amonaca.
इस्राएलले सीहोनको फौजलाई तरवारले आक्रमण गरे र अर्नोनदेखि यब्बोक नदीसम्म साथै अम्मोनका मानिसहरूको भूमिसम्म कब्जा गरे । अम्‍मोनका मानिसहरूको सिमाना किल्लाबन्दी गरिएको थियो ।
25 Izrael zauzme sve one gradove i Izrael se nastani u svim onim gradovima Amorejaca; u Hešbonu i svim njegovim naseljima.
इस्राएलले हेश्बोन र यसका सबै गाउँसहित एमोरी सहरहरू कब्जा गरे र तिनीहरू सबैमा बसोबास गरे ।
26 Kako je Hešbon bio glavni grad Sihona, amorejskog kralja, koji je ratovao protiv prijašnjega moapskoga kralja te osvojio svu njegovu zemlju do Arnona,
हेश्बोन एमोरी राजा सीहोनको सहर थियो, जसले मोआबका पहिलेको राजासँग युद्ध गरेका थिए । सीहोनले अर्नोन नदीसम्म उनको देश कब्जा गरेका थिए ।
27 kažu zato pjesnici: “Hrabro, o Hešbone, dobro sazdani, čvrsto posađeni grade Sihonov!
यसकारण यसो भनिन्छ, “हेश्बोनमा आओ । सीहोनको सहरको पुनर्निर्माण गरियोस् र फेरि स्थापित होस् ।
28 Iz Hešbona oganj suknu, plamen iz grada Sihonova, sažga Ar moapski, proždrije visove arnonske.
हेश्बोनबाट आगोको ज्वाला दन्क्यो, सीहोनको सहरबाट एउटा आगोको ज्वाला जसले मोआबको आरलाई र अर्नोनको उच्‍च स्थलहरूलाई भस्म पार्‍यो ।
29 Teško tebi, Moabe! Propao si, narode Kemošev! Od sinova bjegunce učini, a od kćeri svojih ropkinje Sihonu, kralju amorejskom.
हे मोआब, तँलाई धिक्‍कार छ! हे कमोशको प्रजा, तँ नष्‍ट भएको छस् । त्यसले आफ्ना छोराहरूलाई भगुवाहरू बनायो र त्यसका छोरीहरूलाई एमोरीहरूका राजा सीहोनको कैदी बनायो ।
30 Pobili smo ih; propao je Hešbon do Dibona: sve smo razorili do Nofaha, što je blizu Medebe ...”
तर हामीले सीहोनलाई जितेका छौँ । हेश्बोन दीबोनसम्म नै नष्‍ट भएको छ । हामीले तिनीहरूलाई मेदबासम्म पुग्‍ने नोपासम्म नै पारजित गरेका छौँ ।
31 Tako se Izrael nastani u zemlji Amorejaca.
त्यसैले इस्राएल एमोरीहरूका मुलुकमा बस्‍न थाल्यो ।
32 Mojsije se uputi da izvidi Jazer. Potom zauzmu njegova naselja a rastjeraju Amorejce koji bijahu ondje.
अनि मोशाले याजेरको भेद लिन मानिसहरू पठाए । तिनीहरूले यसका गाउँहरू कब्जा गरे र त्यहाँ भएका एमोरीहरूलाई धपाए ।
33 Okrenu se onda i pođu prema Bašanu. A bašanski kralj Og presrete ih sa svim svojim narodom da zapodjene boj kod Edreja.
त्यसपछि तिनीहरू फर्के र बाशानको बाटोतिर उक्ले । बाशानका राजा ओग तिनीहरू विरुद्ध निस्के, तिनी र तिनका फौजले एद्रईमा तिनीहरूसँग लडे ।
34 Ali Jahve reče Mojsiju: “Ne boj ga se! Predao sam u tvoje ruke njega, sav njegov narod i njegovu zemlju. Postupi s njim kako si postupio s amorejskim kraljem Sihonom koji je boravio u Hešbonu.”
त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्यसँग नडरा, किनभने मैले त्यसलाई, त्यसका सबै फौज र त्यसको भूमि तँलाई दिएको छु । त्यसलाई पनि हेश्बोनमा बस्‍ने एमोरी राजा सीहोनलाई गरेझैँ गर् ।”
35 I potukoše ga, i sinove njegove, i sav njegov narod, tako da nitko ne uteče. Potom zaposjedoše njegovu zemlju.
त्यसैले तिनीहरूले कुनै पनि मानिस जीवित नरहुञ्‍जेल उनी, उनका छोराहरू र उनका सबै फौजलाई मारे । अनि तिनीहरूले उनको भूमि कब्‍जा गरे ।

< Brojevi 21 >