< भजनसंग्रह 8 >

1 हे हाम्रा परमप्रभु परमेश्‍वर, तपाईंको नाउँ सारा पृथ्वीभरि कति महिमित छ, तपाईंले माथि स्वर्गमा आफ्नो महिमा प्रकट गर्नुहुन्छ ।
برای سالار مغنیان برجتیت. مزمور داود ای یهوه خداوند ما، چه مجید است نام تودر تمامی زمین، که جلال خود را فوق آسمانها گذارده‌ای!۱
2 तपाईंका शत्रुहरूका कारणले बालकहरू र दूधे बालकहरूका मुखबाट तपाईंले प्रशंसा स्थापित गर्नुभएको छ, ताकि तपाईंले शत्रु र बदला लिने दुवैलाई शान्‍त गराउन सक्‍नुहुन्‍छ ।
از زبان کودکان وشیرخوارگان به‌سبب خصمانت قوت را بنا نهادی تا دشمن و انتقام گیرنده را ساکت گردانی.۲
3 जब म माथि तपाईंको आकाशलाई हेर्छु, जुन तपाईंका औंलाहरूले बनाए, चन्द्र र ताराहरू जसलाई तिनका ठाउँमा तपाईंले राख्‍नुभएको छ,
چون به آسمان تو نگاه کنم که صنعت انگشتهای توست، و به ماه و ستارگانی که تو آفریده‌ای،۳
4 मानवजातिको के महत्त्व छ कि तपाईंले तिनीहरूलाई हेर्नुहुन्छ, वा मानिसजातिको कि तपाईंले तिनीहरूको वास्‍ता दिनुहुन्छ?
پس انسان چیست که او را به یادآوری، وبنی آدم که از او تفقد نمایی؟۴
5 तापनि तपाईंले तिनीहरूलाई स्वर्गीय प्राणीहरूभन्दा थोरै मात्र निम्‍न बनाउनुभएको छ र तिनीहरूलाई महिमा र आदरको मुकुट दिनुभएको छ ।
او را از فرشتگان اندکی کمتر ساختی و تاج جلال و اکرام را بر سراو گذاردی.۵
6 तपाईंका हातका कामहरूमाथि शासन गर्ने तपाईंले त्यसलाई बनाउनुभएको छ । सबै कुरा तपाईंले त्यसको पाउमुनि राख्‍नुभएको छः
او را بر کارهای دست خودت مسلط نمودی، و همه‌چیز را زیر پای وی نهادی،۶
7 सबै भेडा र गोरु अनि मैदानका पशुहरू,
گوسفندان و گاوان جمیع، و بهایم صحرا را نیز؛۷
8 आकाशका चराहरू र समुद्रहरूका माछाहरू, समुद्रका धारहरूमा हिंड्‍ने हरेक कुरा ।
مرغان هوا و ماهیان دریا را، و هر‌چه بر راههای آبها سیر می‌کند.۸
9 हे हाम्रा परमप्रभु परमेश्‍वर, तपाईंको नाउँ सारा पृथ्वीमा कति महिमित छ!
‌ای یهوه خداوند ما، چه مجیداست نام تو در تمامی زمین!۹

< भजनसंग्रह 8 >