< रूथ 3 >

1 तिनकी सासू नाओमीले तिनलाई भनिन्, “मेरी छोरी, तिम्रो भलाइको निम्ति के मैले तिमीले विश्राम गर्ने ठाउँ खोज्नु पर्दैन?
Naomi, her mother-in-law, said to her, “My daughter, should I not seek a place for you to rest, so that things may go well for you?
2 तिमीले जसका महिला कामदारहरूसित काम गरेकी छ्यौ उही बोअज हाम्रो कुटुम्ब होइनन् र? हेर, तिनले आज राती खलामा जौ बत्ताउनेछन् ।
Now Boaz, the man whose young female workers you have been with, is he not our kinsman? Look, he will be winnowing barley tonight at the threshing floor.
3 यसकारण, नुहाऊ, तेल लगाऊ र तिम्रो उत्तम लुगा लगाऊ र तल खलामा जाऊ । तर तिनले खान र पिउन नसकेसम्म ती मानिससँग देखा नपर ।
Therefore, wash yourself, anoint yourself, put on your best clothes, and go down to the threshing floor. But do not make yourself known to the man until he finishes eating and drinking.
4 तर जब तिनी सुत्छन् तिनी सुत्‍ने ठाउँ ख्याल गर, ताकि पछि तिमी तिनीकहाँ गएर तिनको खुट्टातिरको ओढ्ने उठाएर त्यहाँ सुत्‍न सक्छौ । अनि तिमीले के गर्नुपर्छ त्यो तिनले बताउनेछन् ।”
But when he lies down, take notice of the place where he lies down so that later you can go to him, uncover his feet, and lie down there. Then he will tell you what to do.”
5 रूथले नाओमीलाई भनिन्, “तपाईंले भन्‍नुभएका सबै कुरा म गर्छु ।”
Ruth said to Naomi, “I will do everything you say.”
6 त्यसैले तिनी तल खलामा गइन् र तिनले तिनकी सासूले तिनलाई दिएका निर्देशनहरूअनुसार गरिन् ।
So she went down to the threshing floor, and she followed the instructions her mother-in-law had given her.
7 जब बोअजले खाए र पिए, तिनको हृदय खुसी भयो, तिनी अन्‍नको थुप्रोको छेउमा गएर सुते । त्यसपछि तिनी बिस्तारै आइन् र तिनको खुट्टाको ओढ्ने उठाएर सुतिन् ।
When Boaz had eaten and drunk and his heart was merry, he went to lie down at the end of the pile of grain. Then she came softly, uncovered his feet, and lay down.
8 मध्यराततिर ती मानिस झसङ्ग भए । तिनी फर्के र त्यहाँ एउटी महिला तिनको खुट्टा छेउमा सुतिरहेकी थिइन् ।
It came about at midnight that the man was startled. He turned over, and right there a woman was lying at his feet!
9 तिनले भने, “तिमी को हौ?” तिनले जवाफ दिइन्, “म तपाईंकी दासी रूथ हुँ । तपाईंकी दासीलाई तपाईंको खास्‍टो लगाइदिनुहोस्, किनकि तपाईं नजिकको कुटुम्ब हुनुहुन्छ ।”
He said, “Who are you?” She answered, “I am Ruth, your female servant. Spread your cloak over your female servant, for you are a near kinsman.”
10 बोअजले भने, “मेरी छोरी, तिमी परमप्रभुद्धारा आशिषित होऊ । तिमीले सुरुभन्दा अन्तमा अझ धैरै दया देखाएकी छ्यौ, किनभने तिमी धनी होस् वा गरीब कुनै पनि जवान मानिसको पछि लागेकी छैनौ ।
Boaz said, “My daughter, may you be blessed by Yahweh. You have showed more kindness in the latter end than at the beginning, because you have not gone after any of the young men, whether poor or rich.
11 मेरी छोरी, नडराऊ! मैले तिम्रो निम्ति तिमीले भनेकी सबै कुरा गर्छु, किनभने तिमी लायककी छ्यौ भन्‍ने सारा शहरका मानिसहरूले जान्दछन् ।
Now, my daughter, do not be afraid! I will do for you all that you say, because all the city of my people knows that you are a worthy woman.
12 म कुटम्ब हुँ भन्‍ने कुरा सत्य हो, तर मभन्दा नजिकका एक जना कुटुम्ब हुनुहुन्छ ।
It is true that I am a kinsman, but there is a kinsman nearer than I.
13 आज राति यहीँ बस, बिहान यदि तिनले कुटम्बको कर्तव्य पुरा गर्छन् भने ठिकै छ, तिनले नै कुटुम्बको कर्तव्य पुरा गरून् । तर यदि तिनले तिम्रो निम्ति एउटा कुटुम्बको कर्तव्य पुरा गरेनन् भने त्यसपछि मैले यो गर्नेछु भनी म परमप्रभुको जीवनद्धारा शपथ खान्छु । बिहानसम्म सुत ।
Stay here tonight, and in the morning, if he will perform for you the duty of a kinsman, good, let him do the kinsman's duty. But if he will not do the duty of a kinsman for you, then I will do it, by the life of Yahweh. Lie down until the morning.”
14 तिनी बिहानसम्म नै तिनको खुट्टाको छेउमा सुतिरहिन् । तर तिनी एउटाले अर्को मानिसलाई चिन्‍न सक्‍ने हुनेअगि नै उठिन् । किनभने बोअजले भने, “कुनै महिला खलामा आइन् भनी कसैले थाहा नपाओस् ।”
So she lay at his feet until the morning. But she rose up before anyone could recognize another person. For Boaz had said, “Let it not be known that the woman came to the threshing floor.”
15 त्यसपछि बोअजले भने, “तिम्रो ओढ्ने लेऊ र त्यसमा थाप ।” जब तिनले ओड्ने थापिन्, तिनले छ पाथी जति जौ नापेर दिए र तिनलाई बोकाइदिए । त्यसपछि तिनी शहरतिर गइन् ।
Then Boaz said, “Bring your shawl and hold it out.” When she did so, he measured six large measures of barley into it and put the load on her. Then he went into the city.
16 जब रूथ तिनको सासूकहाँ आइन्, तिनले भनिन्, “कस्तो भयो मेरी छोरी?” अनि रूथले त्यो मानिसले भनेका सबै कुरा तिनलाई बताइन् ।
When Ruth came to her mother-in-law, she said, “How did you do, my daughter?” Then Ruth told her all that the man had done for her.
17 तिनले भनिन्, “तिनले मलाई यी छ पाथी जौ दिए, किनभने तिनले भने, 'तिम्री सासूकहाँ रित्तो हात नजाऊ' ।”
She said, “These six measures of barley are what he gave me, for he said, 'Do not go empty to your mother-in-law.'”
18 अनि नाओमीले भनिन्, “मेरी छोरी, कुरा के हुन्छ भनी तिमीले नजानेसम्म यहीँ बस, किनभने यो कुरा आज नै नसिध्याएसम्म ती मानिसले विश्राम गर्नेछैनन् ।”
Then Naomi said, “Stay here, my daughter, until you know how the matter will turn out, for the man will not rest until he has finished this thing today.”

< रूथ 3 >