< دوم سموئیل 7 >

و واقع شد چون پادشاه در خانه خود نشسته، و خداوند او را از جمیع دشمنانش از هر طرف آرامی داده بود، ۱ 1
राजाले आफ्नो घर व्यवस्थित गरेपछि र तिनका वरिपरिका सबै शत्रुबाट परमप्रभुले विश्राम दिनुभएपछि,
که پادشاه به ناتان نبی گفت: «الان مرا می‌بینی که در خانه سرو آزادساکن می‌باشم، و تابوت خدا در میان پرده‌ها ساکن است.» ۲ 2
राजाले नतान अगमवक्‍तालाई भने, “हे्र्नुहोस्, म देवदारुको महलमा बसिरहेको छु, तर परमेश्‍वरको सन्दुकचाहिं पालको माझमा रहिरहेको छ ।”
ناتان به پادشاه گفت: «بیا و هر‌آنچه دردلت باشد معمول دار زیرا خداوند با توست.» ۳ 3
त्यसपछी नातानने राजालाई भने, “जानुहोस्, तपाईंको मनमा जे छ सो गर्नुहोस्, किनभने परमप्रभु तपाईंसँग हुनुहुन्छ ।”
و در آن شب واقع شد که کلام خداوند به ناتان نازل شده، گفت: ۴ 4
तर त्यसै रात परमप्रभुको वचन नातानकहाँ यसो भनेर आयो,
«برو و به بنده من داودبگو، خداوند چنین می‌گوید: آیا تو خانه‌ای برای سکونت من بنا می‌کنی؟ ۵ 5
“जा र मेरो दास दाऊदलाई भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'के तैंले मेरो निम्ति बस्‍नलाई मन्‍दिर बनाउने छस्?
زیرا از روزی که بنی‌اسرائیل را از مصر بیرون آوردم تا امروز، درخانه‌ای ساکن نشده‌ام بلکه در خیمه و مسکن گردش کرده‌ام. ۶ 6
किनकि मैले इस्राएलका मानिसलाई मिश्र देशबाट ल्याएको दिनदेखि वर्तमान्‌ समयसम्म नै म मन्‍दिरमा बसेको छैन । बरु, म पालमा अर्थात् पवित्र वासस्थानमा नै घुमिहिंडेको छु ।
و به هر جایی که با جمیع بنی‌اسرائیل گردش کردم آیا به احدی از داوران اسرائیل که برای رعایت قوم خود، اسرائیل، مامور داشتم، سخنی گفتم که چرا خانه‌ای از سروآزاد برای من بنا نکردید؟ ۷ 7
इस्राएलका सबै मानिस माझमा म घुमफिर गरेका सबै ठाउँमा, मेरा मानिस इस्राएलका रेखदेख गर्न मैले नियुक्‍ति गरेका इस्राएलका कुनै पनि अगुवालाई मैले कहिलै यसो भनें र, “तैंले मेरो निम्ति किन देवदारुको मन्‍दिर बनाएको छैनस्?”
و حال به بنده من، داود چنین بگو که یهوه صبایوت چنین می‌گوید: من تو را از چراگاه از عقب گوسفندان گرفتم تاپیشوای قوم من، اسرائیل، باشی. ۸ 8
अब उप्रान्‍त, मेरो सेवक दाऊदलाई यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ, 'मैले तँलाई खर्कबाट, भेडाहरूको पछिपछि हिंड्न छोडेर बोलाएँ, ताकि तैंले मेरा मानिस इस्राएलाई शासन गर्नुपर्छ ।
و هر جایی که می‌رفتی من با تو می‌بودم و جمیع دشمنانت را ازحضور تو منقطع ساختم، و برای تو اسم بزرگ مثل اسم بزرگانی که بر زمینند، پیدا کردم. ۹ 9
तँ जहाँजहाँ गए तापनि म तँसँगै गएको छु । मैले तेरा सबै शत्रुलाई तेरो सामुन्‍नेबाट नामेट पारेको छु । अब म तेरो नाउँलाई पृथ्वीका महान् नाउँहरूजस्तै महान् बनाउने छु ।
و به جهت قوم خود، اسرائیل، مکانی تعیین کردم وایشان را غرس نمودم تا در مکان خویش ساکن شده، باز متحرک نشوند، و شریران، دیگر ایشان را مثل سابق ذلیل نسازند. ۱۰ 10
म आफ्‍ना मानिस इस्राएलको निम्ति एउटा स्थान नियुक्‍ति गर्नेछु र तिनीहरूलाई म त्यहाँ राख्‍ने छु, ताकि तिनीहरू आफ्नै ठाउँमा बसोबास गरुन् र फेरि समस्‍या नपरुन् । दुष्‍ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्ने छैनन् ।
و مثل روزهایی که داوران را بر قوم خود، اسرائیل، تعیین نموده بودم و تو را از جمیع دشمنانت آرامی دادم، و خداوندتو را خبر می‌دهد که خداوند برای تو خانه‌ای بناخواهد نمود. ۱۱ 11
जस्तो मेरा मानिस इस्राएलका निम्ति न्यायकर्ता हुनलाई मैले आज्ञा गरेका दिनहरूदेखि नै तिनीहरूले गरिरहेका थिए । अब तेरा सबै शत्रुबाट म तँलाई विश्राम दिने छु । यसको साथै, म परमप्रभुले तँलाई भन्‍छु कि म तेरो निम्ति एउटा घराना बनाउने छु ।
زیرا روزهای تو تمام خواهدشد و با پدران خود خواهی خوابید و ذریت تو راکه از صلب تو بیرون آید، بعد از تو استوار خواهم ساخت، و سلطنت او را پایدار خواهم نمود. ۱۲ 12
जब तेरो दिन पुरा हुने छ र तँ आफ्‍ना पुर्खाहरूसँग सुत्‍ने छस्, तब तँपछिको तेरो सन्तानलाई म खडा गर्ने छु, जो तेरै शरीरबाट आउने छ र म त्यसको राज्य स्थापित गर्ने छु ।
او برای اسم من خانه‌ای بنا خواهد نمود وکرسی سلطنت او را تا به ابد پایدار خواهم ساخت. ۱۳ 13
त्यसैले मेरो नाउँको निम्ति एउटा मन्‍दिर बनाउने छ र म त्यसको सिंहासनलाई सदाको निम्ति स्थापित गर्ने छु ।
من او را پدر خواهم بود و او مرا پسرخواهد بود، و اگر او گناه ورزد، او را با عصای مردمان و به تازیانه های بنی آدم تادیب خواهم نمود. ۱۴ 14
म त्यको बुबा हुने छु र त्यो मेरो छोरा हुने छ । जब त्यसले पाप गर्छ, तब म त्यसलाई मानिसका लोरोले र मानिसका छोराहरूका कोर्राहरूले अनुशासित गर्ने छु ।
ولیکن رحمت من از او دور نخواهد شد، به طوری که آن را از شاول دور کردم که او را ازحضور تو رد ساختم. ۱۵ 15
तर मेरो करारको बफदारीताको त्यसलाई छोड्ने छैन, जसरी मैले त्‍यो शाऊलबाट थिएँ, जसलाई मैले तेरो सामुबाट हटाएँ ।
و خانه و سلطنت تو، به حضورت تا به ابد پایدار خواهد شد، و کرسی توتا به ابد استوار خواهد ماند.» ۱۶ 16
तेरो घराना र राज्य तेरो सामु सदाको निम्ति सुदृढ गरिने छ । तेरो सिंहसान सदाको निम्ति स्थापित गरिने छ' ।”
بر‌حسب تمامی این کلمات و مطابق تمامی این‌رویا ناتان به داودتکلم نمود. ۱۷ 17
नातानले दाऊदलाई भने, र तिनले यी सबै वचन तिनला सुनाए र तिनले उनलाई समग्र दर्शनबारे बताए ।
و داود پادشاه داخل شده، به حضورخداوند نشست و گفت: «ای خداوند یهوه، من کیستم و خاندان من چیست که مرا به این مقام رسانیدی؟ ۱۸ 18
त्यसपछि राजा दाऊद भित्र गए र परमप्रभुको सामु बसे र यसो भने, “हे परमप्रभु परमेश्‍वर, म को हुँ र मेरो परिवार के हो र मलाई यहाँसम्म ल्याउनुभएको छ?
و این نیز در نظر تو‌ای خداوند یهوه امر قلیل نمود زیرا که درباره خانه بنده ات نیزبرای زمان طویل تکلم فرمودی. و آیا این‌ای خداوند یهوه عادت بنی آدم است؟ ۱۹ 19
अब हे परमप्रभु परमेश्‍वर, यो तपाईंको दृष्‍टिमा सानो कुरा थियो । हे परमप्रभु परमेश्‍वर, तपाईंको सेवकको घरानामा धेरै समयपछि हुन आउने कुराका बारेमा पनि तपाईंले भन्‍नुभएको छ र भावी पुस्‍ताहरूका बारेमा मलाई प्रकट गर्नुभएको छ ।
و داوددیگر به تو چه تواند گفت زیرا که تو‌ای خداوندیهوه، بنده خود را می‌شناسی، ۲۰ 20
म दाऊदले तपाईंलाई अरू भन्‍न सक्‍छु र? हे परमप्रभु परमेश्‍वर, तपाईंको सेवकलाई तपाईंले चिन्‍नुभएको छ ।
و بر‌حسب کلام خود و موافق دل خود تمامی این کارهای عظیم را بجا آوردی تا بنده خود را تعلیم دهی. ۲۱ 21
तपाईंको वचनको खातिर र तपाईंको आफ्नो उद्‍देश्‍य पूरा गर्नलाई, तपाईंले यो ठुलो काम गर्नुभएको छ र तपाईंको सेवकलाई त्‍यो प्रकट गर्नुभएको छ ।
بنابرین‌ای یهوه خدا، تو بزرگ هستی زیراچنانکه به گوشهای خود شنیده‌ایم مثل تو کسی نیست و غیر از تو خدایی نیست. ۲۲ 22
यसकारण, हे परमप्रभु परमेश्‍वर, तपाईं महान् हुनुहुन्छ, किनकि तपाईंजस्तो कोही पनि छैन र तपाईंबाहेक कुनै परमेश्‍वर छैन, जस्तो हाम्रा आफ्नै कानले हामीले सुनेका छौं ।
و مثل قوم تواسرائیل کدام‌یک امت بر روی زمین است که خدابیاید تا ایشان را فدیه داده، برای خویش قوم بسازد، و اسمی برای خود پیدا نماید، و چیزهای عظیم و مهیب برای شما و برای زمین خود بجاآورد به حضور قوم خویش که برای خود از مصرو از امتها و خدایان ایشان فدیه دادی. ۲۳ 23
तपाईंको मानिस इस्राएलजस्तो कुन जाति छ, एउटा यस्तो जाति जसलाई तपाईं परमेश्‍वर आफैं गएर छुटकारा दिनुभयो? तपाईंले यो गर्नुभयो ताकि तपाईंको आफ्‍नो नाउँ महान् बनाउन, र तपाईंको देशको निम्ति डरलाग्‍दा कामहरू गर्न तिनीहरू तपाईंका मानिसहरू हुन सकुन् । जातिहरूलाई र तिनीहरूका देवताहरूलाई तपाईंले आफ्‍ना मानिसहरूका सामुबाट धपाउनुभयो, जसलाई तपाईंले मिश्रदेशबाट छुटकारा दिनुभयो ।
و قوم خود اسرائیل را برای خود استوار ساختی، تاایشان تا به ابد قوم تو باشند، و تو‌ای یهوه، خدای ایشان شدی. ۲۴ 24
तपाईंले इस्राएललाई सदाको निम्ति आफ्नै मानिसको रूपमा स्थापित गर्नुभयो र तपाईं परमप्रभु नै तिनीहरूका परमेश्‍वर हुनुभयो ।
و الان‌ای یهوه خدا، کلامی را که درباره بنده خود و خانه‌اش گفتی تا به ابد استوارکن، و بر‌حسب آنچه گفتی، عمل نما. ۲۵ 25
त्यसैले अब, हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्नो सेवक र त्यसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदाको निम्ति स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्‍तै गर्नुहोस् ।
و اسم توتا به ابد معظم بماند، تا گفته شود که یهوه صبایوت، خدای اسرائیل است، و خاندان بنده ات داود به حضور تو پایدار بماند. ۲۶ 26
तपाईंको नाउँ सदासर्वदा महान् होस्, ताकि मानिसहरूले भनुन्, 'सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्‍वर हुनुहुन्छ' जति बेला तपाईंको सेकम म, दाऊदको घराना तपाईंको सामु स्थापित हुन्छ ।
زیرا توای یهوه صبایوت، خدای اسرائیل، به بنده خوداعلان نموده، گفتی که برای تو خانه‌ای بنا خواهم نموده، بنابرین بنده تو جرات کرده است که این دعا را نزد تو بگوید. ۲۷ 27
किनकि हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर, आफ्‍नो सेवकको निम्‍ति तपाईंले एउटा घराना निर्माण गर्नुहुने छ भनी तपाईंले उसलाई प्रकट गर्नुभएको छ । यसैले म तपाईंको सेवकले तपाईंसँग प्रार्थना गर्ने आँट गरेको छु ।
و الان‌ای خداوند یهوه توخدا هستی و کلام تو صدق است و این نیکویی رابه بنده خود وعده داده‌ای. ۲۸ 28
अब हे परमप्रभु परमेश्‍वर, तपाईं परमेश्‍वर हुनुहुन्छ र तपाईंका वचनहरू भरपर्दा छन् र तपाईंले आफ्नो सेवकलाई यो असल प्रतिज्ञा गर्नुभएको छ ।
و الان احسان فرموده، خاندان بنده خود را برکت بده تا آنکه درحضورت تا به ابد بماند، زیرا که تو‌ای خداوندیهوه گفته‌ای و خاندان بنده ات از برکت تو تا به ابدمبارک خواهد بود.» ۲۹ 29
अब उप्रान्त, आफ्नो सेवकको घरानालाई आशिष् दिन प्रशन्‍न हुनुहोस्, ताकि तपाईंको सामु यो सदा रहिरहोस् । किनकि हे परमप्रभु, तपाईंले यी कुराहरू भन्‍नुभएको छ र तपाईंको आशिष्‌ले तपाईंको सेवकको घरानाले सदा आशिष् पाउने छ ।

< دوم سموئیل 7 >