< Ezdrasza 5 >

1 Potem prorocy Aggeusz i Zachariasz, syn Iddo, prorokowali Żydom w Judzie i w Jerozolimie w imię Boga Izraela, [mówiąc] do nich.
तब हाग्गै अगमवक्ता र इद्दोका छोरा जकरिया अगमवक्ताले इस्राएलका परमेश्‍वरको नाउँमा यहूदा र यरूशलेमका यहूदीहरूलाई अगमवाणी बोले ।
2 Wtedy powstali Zorobabel, syn Szealtiela, i Jeszua, syn Jocadaka, i zaczęli budować dom Boży w Jerozolimie; a z nimi prorocy Boga, którzy im pomagali.
शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअ उठे, र आफ्‍ना सहयोगी अगमवक्ताहरूका साथमा मिलेर यरूशलेममा परमेश्‍वरको मन्दिर बनाउन सुरु गरे ।
3 W tym czasie przyszli do nich Tattenaj, namiestnik zarzecza, i Szetarboznaj oraz ich towarzysze i tak mówili do nich: Kto wam rozkazał budować ten dom i wznosić jego mury?
तब यूफ्रेटिस नदीपारिको प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरू आए र तिनीहरूलाई सोधे, “यो मन्दिरको निर्माण गर्ने र पर्खालहरू सम्पन्‍न गर्ने आज्ञा तिमीहरूलाई कसले दियो?”
4 Odpowiedzieliśmy im, jakie są imiona tych mężczyzn, którzy pracują przy tej budowli.
तिनीहरूले यसो पनि भने, “यो भवनलाई बनाउने मानिसका नाउँहरू के-के हुन्?”
5 Lecz oko ich Boga czuwało nad starszymi z Żydów, tak że nie mogli im przeszkadzać, dopóki sprawa ta nie dotarła do Dariusza – o niej donosili [mu] przez list.
तर परमेश्‍वरको दृष्‍टि यहूदी धर्म-गुरुहरूमाथि थियो, र तिनीहरूका शत्रुहरूले तिनीहरूलाई रोक्‍न सकेनन् । राजाकहाँ एउटा चिट्ठी पठाउने र त्यसको जवाफमा एउटा आदेश आउने काम नहुन्‍जेलसम्म तिनीहरूलाई कसैले रोकेन ।
6 [To jest] odpis listu, który do króla Dariusza posłali Tattenaj, namiestnik zarzecza, Szetarboznaj i jego towarzysze Afarsachajczycy, którzy byli za rzeką.
यो यूफ्रेटिस नदीपारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिनीहरूका सहयोगीहरूले दारा राजालाई पठाएका चिट्ठीको प्रतिलिपी यही हो ।
7 Posłali mu list, w którym było napisane tak: Królowi Dariuszowi wszelkiej pomyślności!
तिनीहरूले लेखेर दारा राजालाई पठाएको विवरण यही हो, “हजुरमा अपार शान्ति रहोस् ।
8 Niech będzie królowi wiadomo, że przybyliśmy do prowincji Judy, do domu wielkiego Boga, który jest odbudowywany z wielkich kamieni, a [którego] ściany są wykładane drewnem. Ta praca posuwa się szybko i szczęści się w ich rękach.
हामी यहूदामा महान् परमेश्‍वरको मन्दिरमा गयौं भन्‍ने कुरा हजुरलाई जाहेर होस् । ठुला-ठुला ढुङ्गाहरूले यो निर्माण हुँदैछ र पर्खालमा काठहरू राखिंदैछन् । यो काम निकै राम्रोसँग गरिएको छ, र तिनीहरूका हातमा राम्ररी अगाडि बढिरहेको छ ।
9 Pytaliśmy wtedy tych starszych, mówiąc do nich: Kto wam rozkazał budować ten dom i wznosić te mury?
हामीले धर्म-गुरुहरूलाई सोध्‍यौं, 'यो मन्दिर र यी पर्खालहरू बनाउन तिमीहरूलाई कसले आदेश दियो?'
10 Pytaliśmy także o ich imiona, abyśmy mogli ci je oznajmić i zapisać imiona mężczyzn, którzy stoją na ich czele.
कस-कसले तिनीहरूलाई अगुवाइ गरेका रहेछन् भनी हजुरलाई थाहा होस् भनेर हामीले तिनीहरूका नाउँ पनि सोध्‍यौं ।
11 A tak nam odpowiedzieli: My jesteśmy sługami Boga nieba i ziemi i odbudowujemy dom, który został wzniesiony przed wieloma laty, a który zbudował i wystawił wielki król Izraela.
तिनीहरूले जवाफ दिए र भने, 'हामी स्वर्ग र पृथ्वीका परमेश्‍वरका सेवकहरू हौं, र हामीले यस मन्दिरलाई पुनर्निर्माण गरिरहेका छौं जसलाई धेरै वर्ष पहिले इस्राएलका महान् राजाले निर्माण गरेका र पुरा गरेका थिए ।
12 Lecz gdy nasi ojcowie pobudzili do gniewu Boga nieba, on wydał ich w ręce Nabuchodonozora, króla Babilonu, Chaldejczyka, który zburzył ten dom, a lud uprowadził do niewoli w Babilonie.
तापनि जब हाम्रा पुर्खाहरूले स्वर्गका परमेश्‍वरलाई रिस उठाए, तब उहाँले तिनीहरूलाई बेबिलोनका कल्दी राजा नबूकदनेसरको हातमा सुम्‍पनुभयो जसले यस मन्दिरलाई नष्‍ट पारे र मानिसहरूलाई बेबिलोनमा कैदमा लगे ।
13 Jednak w pierwszym roku Cyrusa, króla Babilonu, sam król Cyrus wydał dekret, aby odbudować ten dom Boży.
तापनि कोरेस बेबिलोनका राजा बन्‍नुभएको पहिलो वर्षमा कोरेसले परमेश्‍वरको मन्दिर पुनर्निर्माण गर्ने आदेश जारी गर्नुभयो ।
14 Ponadto złote i srebrne naczynia domu Bożego, które Nabuchodonozor zabrał ze świątyni w Jerozolimie i umieścił w świątyni w Babilonie, król Cyrus wyniósł ze świątyni w Babilonie i zostały przekazane niejakiemu Szeszbassarowi, którego ustanowił namiestnikiem.
नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनको मन्दिरमा लगेका परमेश्‍वरको मन्दिरका सुन र चाँदीका वस्तुहरू पनि राजा कोरेसले फिर्ता गरिदिए । आफूले गभर्नर बनाएका शेशबस्सरलाई उहाँले यी थोकहरू दिनुभयो ।
15 I powiedział mu: Weź te naczynia, idź i złóż je w świątyni, która jest w Jerozolimie, a niech dom Boży zostanie odbudowany na swoim miejscu.
राजाले तिनलाई भन्‍नुभयो, “यी थोकहरू लैजाऊ । जाऊ र ति यरूशलेमको मन्दिरमा राख । त्यहाँ परमेश्‍वरको मन्दिर पुनर्निमाण होस् ।”
16 Wtedy ten Szeszbassar przyszedł i położył fundamenty domu Bożego w Jerozolimie, i od tego czasu aż do dzisiaj buduje się go, ale nie jest ukończony.
तब यिनै शेशबस्सर आए र यरूशलेममा परमेश्‍वरको मन्दिरको जग बसाले । अनि अहिले यो निर्माण हुँदैछ, तर अझै सकिएको छैन ।'
17 Jeśli więc król uzna to za dobrą rzecz, niech poszukają w skarbcach królewskich w Babilonie, czy [rzeczywiście] tak jest, że król Cyrus rozkazał, aby odbudować ten dom Boży w Jerozolimie, i niech król powiadomi nas o swej woli w tej sprawie.
अब राजाको हजुरीमा असल लागेमा, राजा कोरेसले यरूशलेममा परमेश्‍वरको मन्दिर बनाउन आज्ञा दिनुभएको थियो कि थिएन भनी बेबिलोनको अभिलेख संग्रहमा अनुसन्‍धान होस् । त्‍यसपछि राजाबाट हामीलाई आफ्नो निर्णय पठाउने कष्‍ट होस् ।”

< Ezdrasza 5 >