< Псалми 14 >

1 Рече безумник у срцу свом: Нема Бога; неваљали су, гадна су дела њихова; нема никога да добро твори.
मूर्खले आफ्नो हृदयमा भन्छ, “परमेश्‍वर हुनुहुन्‍न ।” तिनीहरू भ्रष्‍ट छन् र घृणित अधर्म गरेका छन् । असल गर्ने कोही छैन ।
2 Господ погледа с неба на синове човечије, да види има ли који разуман, тражи ли који Бога.
बुझ्‍ने कोही छन् कि, परमप्रभुलाई खोज्‍ने कोही छन् कि भनी हेर्न उहाँले मानवजातिका छोराछोरीलाई स्वर्गबाट हेर्नुहुन्छ ।
3 Сви су зашли, сви се покварили, нема никога добро да твори, нема ни једног.
तिनीहरू सबै बरालिएका छन् । तिनीहरू एकसाथ भ्रष्‍ट भएका छन् । असल गर्ने कोही छैन, अहँ, एक जना पनि छैन ।
4 Зар се неће опаметити који чине безакоње, једу народ мој као што једу хлеб, не призивају Господа?
तिनीहरू जसले अधर्म गर्छन्, तिनीहरू जसले मेरा मानिसहरूलाई रोटीझैं खान्‍छन्, तर जसले पमरप्रभुलाई पुकारा गर्दैन, के तिनीहरूले केही कुरा पनि जान्दैनन् र?
5 Онде ће задрхтати од страха; јер је Господ у роду праведном.
तिनीहरू डरले कम्छन्, किनकि परमेश्‍वर धर्मी सभामा हुनुहुन्छ ।
6 Смејете се ономе што убоги ради; али Господ њега заклања.
तिमीहरू गरीब व्‍यक्‍तिको अपमान गर्ने इच्‍छा गर्छौ तापनि परमप्रभु त्यसको शरणस्थान हुनुहुन्छ ।
7 Ко ће послати са Сиона помоћ Израиљу? Кад Господ поврати заробљени народ свој, онда ће се радовати Јаков и веселиће се Израиљ.
ओहो, इस्राएलको उद्धार सियोनबाट आउँछ । जब परमप्रभुले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकूब आनन्‍दित हुनेछ र इस्राएल खुसी हुनेछ ।

< Псалми 14 >