< Mmebusɛm 7 >

1 Me ba, fa me nsɛm sie na kora mʼahyɛde wɔ wo mu.
हे मेरो छोरो, मेरा वचनहरू पालन गर्, र मेरा आज्ञाहरू तँभित्र सञ्चय गरेर राख् ।
2 Di mʼahyɛde so na wubenya nkwa; bɔ me nkyerɛkyerɛ ho ban sɛ nea wodɔ no.
मेरा आज्ञाहरू पालन गरेर बाँच्, र मेरो निर्देशनलाई तेरो आँखाको नानीजस्तै जोगाइराख् ।
3 Kyekyere bɔ wo nsateaa ho; kyerɛw no yiye gu wo koma pon so.
तिनलाई तेरा औँलाहरूमा बेह्रेर राख् । तिनलाई तेरो हृदयको पाटीमा लेखेर राख् ।
4 Ka kyerɛ nyansa se, “Woyɛ me nuabea,” na frɛ ntease wo busuani;
बुद्धिलाई भन्, “तिमी मेरी बहिनी हौँ,” र समझशक्तिलाई आफ्नो आफन्त भन् ।
5 Wɔbɛtwe wo afi ɔbeawaresɛefo ho, afi ɔbeawarefo huhuni nsɛmmɔdɛ ho.
तब तिनले तँलाई व्यभिचारी स्‍त्री र अनैतिक स्‍त्रीको मोहित तुल्याउने कुराहरूबाट बचाउने छन् ।
6 Me fi mfɛnsere ano, mede mʼani faa mfɛnsere mu.
मेरो घरको झ्यालमा बसेर मैले आँखी-झ्यालबाट हेर्दै थिएँ ।
7 Mihuu wɔ ntetekwaafo mu, mehyɛɛ mmerante no mu baako nsow, ɔbabun a onni adwene.
मैले सोझा मानिसहरूलाई हेरेँ, र युवाहरूका बिचमा एक जना निर्बुद्धिलाई ख्याल गरेँ ।
8 Na ɔnam borɔn a ɛbɛn ɔbea no fi so a nʼani kyerɛ ɔbea no fi
त्यो जवान मानिस त्यस स्‍त्री बस्‍ने गल्ली नजिकबाट गयो, र त्यो स्‍त्रीको घरतर्फ लाग्यो ।
9 bere a onwini redwo, na anim rebiribiri no.
साँझको बेलामा दिन ढल्कँदै थियो, जुन बेला अन्धकार छाएको थियो ।
10 Afei ɔbea bi fi behyiaa no a wasiesie ne ho sɛ oguamanfo a nnaadaa wɔ ne koma mu.
एउटी स्‍त्रीले त्यसलाई भेटी, जसले वेश्याले जस्तै पहिरन लगाएकी थिई र त्यसको हृदय धूर्त थियो ।
11 (Ɔyɛ hyirenn na hwee mfa ne ho, ɔntena fie koraa;
त्यो चञ्चली र जिद्दीवाल थिई । त्यो आफ्नो घरमा बस्दिनथी ।
12 nnɛ wohu no mmɔnten so, ɔkyena na ɔte aguabɔbea, ɔtetɛw wɔ mmantwea mmantwea.)
त्यो कहिले सडकमा त कहिले बजारमा बस्थी, अनि हरेक कुनाकाप्चामा त्यो लुकेर बस्थी ।
13 Osoo ne mu few nʼano, wamfɛre, na ɔkae se,
त्यसले उसलाई पक्रेर चुम्बन गरी, र निर्लज्‍ज चेहरा लिएर भनी,
14 “Mewɔ asomdwoe afɔrebɔde wɔ fie; nnɛ madi me bɔhyɛ so.
“आज मैले आफ्नो मेलबलि चढाएँ; मेरा भाकलहरू पुरा गरेँ ।
15 Enti mebae sɛ merebehyia wo; mehwehwɛɛ wo na mahu wo!
त्यसैले म तपाईंलाई भेट्न, उत्सुकतासाथ तपाईंको मुहार हेर्न आएकी हुँ, र अहिले मैले तपाईंलाई भेट्टाएकी छु ।
16 Mato me mpa, mede nwera a wɔahyɛ no aduru a efi Misraim.
मैले मेरो ओछ्यानमा मिश्र देशको रङ्गिन तन्‍ना ओछ्याएकी छु ।
17 Mede nnuhuam apete me mpa so: kurobow, pɛprɛ ne dupapo.
मैले मेरो ओछ्यानमा मूर्र, एलवा र दालचिनी छर्केकी छु ।
18 Bra, ma yɛmfa ɔdɔ mmɔ ɔdɔ mu nkosi anɔpa;
आउनुहोस्, बिहानसम्मै हामी प्रेमको सागरमा डुबौँ । हामी प्रेमको कार्यमा रमाऔँ ।
19 Me kunu nni fie; watu kwan na ɔbɛkyɛ.
किनकि मेरा पति घरमा हुनुहुन्‍न । उहाँ लामो यात्रामा जानुभएको छ ।
20 Ɔde sika a ɛdɔɔso hyɛɛ ne sika kotoku ma na ɔremma kosi ɔsram no kurokumatwa bere mu.”
उहाँले आफूसित पैसाको थैली लिएर जानुभएको छ । उहाँ पूर्णिमामा मात्र घर फर्कनुहुने छ ।”
21 Ɔde tɛkrɛmakyene bɔɔ no adafa; ɔde nnaadaa nyaa no ne no dae.
धेरै कुराकानी गरेर त्यो उसकहाँ फर्की । त्यसले आफ्ना मोहित तुल्याउने कुराहरूलाई उसलाई फकाई ।
22 Odii nʼakyi prɛko pɛ te sɛ nantwi a ɔrekɔ akumii, anaa ɔwansan a ɔde ne ti rekɔhyɛ hankare fi mu
मारिनलाई लगिएको गोरुझैँ र पासोमा परेको मृगझैँ त्यो अकस्मात् स्‍त्रीको पछि लाग्यो ।
23 kosi sɛ bɛmma bɛwɔ ne brɛbo mu, te sɛ anomaa a ɔrekɔtɔ anomaa afiri mu na onnim sɛ ɔbɛhwere ne nkwa.
वाणले त्यसको कलेजो नछेडेसम्म त्यो पछि लागरिरह्‍यो । त्यो जालतिर कुदिरहरेको चरोजस्तो थियो । आफ्नो ज्यानै गुमाउनुपर्थ्यो भनी त्यसलाई थाहा थिएन ।
24 Na afei, me mma, muntie me; monyɛ aso mma nea meka.
अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरा मुखका वचनहरूलाई ध्यान देओ ।
25 Mommma mo koma mpatiri nkɔ no so na momman mmfa nʼakwan so.
तिमीहरूको हृदय त्यसका मार्गहरूमा नलागोस् । त्यसका मार्गहरूमा बरालिएर नजाओ ।
26 Bebree na wɔnam no so ahwehwe ase; wɔn a wakum wɔn dɔɔso pa ara.
त्यसले धेरै मानिसहरूलाई फसाएकी छे । त्यसका सिकारहरू धेरै छन् ।
27 Ne fi yɛ ɔda tempɔn a ɛkɔ owu pia mu. (Sheol h7585)
त्यसको घर पातालका मार्गहरूमा छ । तिनीहरू मृत्युका अन्धकारपूर्ण कोठाहरूमा जान्छन् । (Sheol h7585)

< Mmebusɛm 7 >